नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरुसँग यसबारेमा छलफल गर्ने भएको छ । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने ब्यवस्था मिलाउने विषयमा छलफल गर्न लगोको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
