
विगतमा भएका मुद्दा विर्सजनवाद, सत्ता समर्पणवाद, नातावाद, कृपावाद, जातीवादबाट पूर्ण रुपमा मुक्त रहि तराई भू–भाग एंव तराईबासीमाथिको दमनको बिरोध गर्दै तराईलाई पूर्ण स्वतन्त्र राज्य स्थापित गर्ने जिम्मेवारीका साथ मोर्चा संघर्षशिल रहिरहने विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचन र चुनावबाट अधिकार प्राप्त नहुने जनाउँदै अधिकार र पूर्ण स्वतन्त्रताका लागि सशस्त्र संघर्ष नै एकमात्र निर्बिकल्प बाटो भएको ठहर गर्दै सत्ता र भत्ताको राजनीतिलाई पूर्णरुपमा तिलाञ्जली दिई निर्वाचन प्रक्रियामा भाग नलिन विज्ञप्तीमार्फत आग्रह गरिएको छ । त्यस्तै यहाँका जनतालाई निर्वाचन सम्बन्धी कुनै पनि प्रकारको दिगभ्रममा नपारी चुनावमा भाग नलिई स्वतन्त्रता संघर्षमा सहयोग गर्न राजनीति दलसँग संयोजक सिजनले आग्रह गरेका छन् ।
