घटना विवरण अनुसार बागेश्वरीका एक सेवाग्रहीले आफ्नै तिन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानको लागि बाटो राखी प्लट मिलान गर्नको लागि सबै प्रक्रिया र्पुयाई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्रहीले अख्तियारमा उजुरी दिएको थिए । सोही उजुरीको आधारमा कर्मचारीहरुलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार नगद लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्रहीलाई दिएको दिएका थिए । पक्राउ परेका चारै जनालाई अख्तियारको नियन्त्रणमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
