जलेश्वर मन्दिरको नयाँद्वार निर्माण विवाद

प्रकाशित समय 6:43:00 PM
जनकपुर, २८ असार । करीब एक महीना पहिला बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको निर्णयले जलेश्वर महादेव मंदिरको मूल द्वारलाई भत्काइ अर्को द्वार बनाउन ठेकेदार व्रक्हायणी कामख्या ज्वाइन्ट भेन्चर कोटेश्वर काठमाण्डौलाई ठेक्का दिइएको थियो ।
जलेश्वर मंदिर द्वारको मानबीय बिध्वंसलाई विकाश संग केही सम्बन्ध छैन  । इसको सम्बन्ध छ, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अनूचित निर्णयको के हामी संग पैसा भई दिएमा जनकपुर जानकी मंदिरलाई तोडना लगाऊ छौ ? हाम्रो सम्पदा, हाम्रो संस्कृति को केहि मूल्य छैन ? मूल्य छ  । महाभूकंपमा बिनाश भएको दर्जनौ मठ मंदिरलाई, आज करोडौ खर्च गरि पुनर्निर्माण गर्दैछौ । हजारौ साल पुरानो लुम्बिनीको बुद्ध स्तम्भलाई जोगाएर राखेका छौ  ।काठमांडौं उपत्यकाको मल्ल कालीन दरवारलाई ग्ल्भ्क्ऋइ ले सम्मानित र बार्षिक करोडोको खर्चमा संरक्षण गर्दैछ । जलेश्वर मंदिरको इतिहास हजारौँ बर्ष पुरानो छ ।
२०० बर्ष पहिलेको राजा गिरवान युद्धका ताम्रपत्रले यसको इतिहासलाई सम्मानित गरेको छ । अनेकौ दाताको लगानीमा मंदिरले आफ्नो गौरब निर्माण गरेको छ । ईसब अतीत र गौरब बोकेको जलेश्वर मंदिरको सम्पदालाई पैसाको बलमा नष्टपार्न खोजिएको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद संग साधन र श्रोत हुनु राम्रो कुरा हो, सँगसँगै राम्रो निर्माणको नियत र नीति हुनु आबश्यक छ । जलेश्वर मंन्दिरमा धर्मशाला र शौचालयको खाँचो बर्सो देखीको छ । नाला र फोहरको व्यवस्थापनको जरुरी छ । गर्मीमा यात्रुलाई शीतल पानी खाने रेफ्रिजरेटरको जरुरी छ ।
शुद्ध र स्वस्थ पानी खान फिल्टरको खाँचो छ । मंदिर संग जोडिएको दुइ पोखरीको मर्मत संभारको खाँचो छ । जलेश्वरको विकाशको लागि चाहिने धेरै कुराको खाँचो छ । यस्तो बिकाशको खाँचो , जनकपुर र वरिपरिका धेरै पौराणिक स्थलको पनि छ । यस्तो परिस्थितिमा, एउटा धरोहरलाई भत्काउने कारण के ? मंदिरको पुरानो द्वारले दैनिक हजारो यात्रुलाई घाम–पानीबाट सुरक्छा प्रदान गर्दै थिए । रात्रिको समयमा करीब २०० यात्रीलाई धर्मशालाझै आश्रय प्रदान गर्ने क्षमता थियो । पुष्प–माला बेचनेलाई स्थान दिएको थियो ।
भत्काउने क्रममा नष्ट भएको बरको रुखले थप अपूरणीय क्षती भएको छ । बाताबरणमा शुद्ध हावाकमी महसुस हुने छ । यात्रु अब बर–रुखको शीतलता पाउन , मंदिर अगाडी ठाउ पाउने छैन । र मंदिर द्वारको सुरक्षा गर्ने छैन । अब हामी सक्दो प्रयास गरौ । सम्पदाको संरक्षण गरौ र मंदिर द्वारको पुराणों संरचना पुनर्निर्माण गरौ । पुरानो संरचना को पुनर्निर्माणले स्वर्गीय रधुनन्द ठाकुरको दानको इज्जत गर्ने छ  र भबिष्य मा रधुनन्द ठाकुर जस्तै समाजको अन्य दाता जलेश्वरको गौरबको लागी अगाडी आउने छन।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »