राजश्व संकलन कार्य प्रभावित

प्रकाशित समय 6:45:00 PM
गोलबजार, ४ साउन । आन्तरिक राजश्व कार्यालयमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहँुदा राजश्व संकलन कार्य प्रभावित भएको छ । कम्प्युटर अधिकृतसहितका कर्मचारीको २०७३ साल भदौमा सरुवा भए पनि उनीहरूको स्थानमा हासम्म कर्मचारी नपठाउँदा कार्यालयको कामकाज प्रभावित भएको छ । अठार जनाको दरबन्दी भए पनि हाल १० जना मात्र कार्यरत रहेका कार्यालय प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । कार्यालयमा नौजना नायब सुब्बाको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन् भने ६ जना कर अधिकृतको ठाउँमा पाँचजना मात्र कार्यरत छन् । एकै पटक लामो समयसम्म दरबन्दी रिक्त हुँदा कार्यालयबाट प्रदान गरिने सेवा, बजार अनुगमन, अभिलेख तयार गर्ने, कर संकलनलगायत कार्य प्रभावित भएको अधिकारीको भनाइ छ । कर्मचारी अभावले बजार अनुगमन र घुम्ती शिविर सञ्चालन गर्न सकिएको छैन । गत आवमा लक्ष्यअनुसार राजश्व संकलन समेत हुन सकेन । “सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न समस्या भइरहेको छ,” अधिकारीले भने “रिक्त दरबन्दीमा कर्मचारी पठाउन पटक पटक विभाग र मन्त्रालयमा ताकेता गर्दा सुनवाइ भएको छैन ।”

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »