लहान, १ साउन । सप्तरीको सुरुङ्गा नगरपालिका ९ टिकुलिया स्थित रहेको केशव स्मार माध्यमिक बिधालयमा एक कार्यक्रमको आयोजना गरि पाँच सय दलित विप्पन बालबालिकालाई गाँउ बाल संरक्षण समिति टिकुलियाले विभिन्न शैक्षिक सामग्री वितरण गरेका छन् । गाविस टिकुलियाको सहयोग र गाँउ बाल संरक्षण समिति टिकुलियाको आयोजनामा पेन्सिल, कपि, रेजर, कटर लगायतका शैक्षिक सामग्री वितरण गरेको गाँउ बाल संरक्षण समितिका संयोजक संजय चौधरीले जानकारी दिए । सामग्री वितरण समारोहमा केशव स्मार माध्यमिक बिद्यालयका प्रधानाध्यापक शम्भु यादव,गाविस सचिव धर्मदेव साह, समाज सेवी छेदी साह बाल प्रतिनिधि रञ्जना चौधरी लगायतको उपस्थिती रहेको गाँउ बाल संरक्षण समिति टिकुलियाका सचिव श्याम सुन्दर यादवले बताए ।