
शिक्षा विभागले अगामी शैक्षिक शत्रको नारा “हामी सबैको इच्छा, अनिवार्य नि ःशुल्क अघारभुत शिक्षा ” रहेको अधिकृत आलेले बताए । गरिब तथा आर्थिक क्षेत्रमा पछि पारिएका दलित तथा अतिविपन्न समुदायका बिधार्थीहरुलाई बिद्यालय सम्म पुगाउनमा सबल नेपालको अति महत्वपूर्ण भुमिका रहेको कार्यक्रममा सहभागिहरुले समेत प्रसंशा गरेका थिए ।
घरमा साझ बिहान छाक टार्न अप्ठ्यारो पर्ने दलित समुदायका विद्यार्थी सुरुमा विधालयमा भर्ना हुन नचाहने बालबालिकाहरु अहिले निर्धक रुपमा बिद्यालय गई अध्यन अध्यापन गरि रहेको सहयोगि संस्था सेभ द चिल्ड्रेनका शिक्षा तर्फका कार्यक्रम संयोजक रामबहादुर साहले बताए । जीवनयापनका लागि परम्परागत पेसामा लाग्नु पर्ने, आर्थिक अभाव हुदा पैसा कमाउन विदेश तथा छिमेकी मुलुक भारत पलायन हुनु,र सानै उमेरमा विवाह हुनु लगायतका कारणले दलित तथा अति विपप्न परिवारका बालबालिकाहरुले आफ्नो पढाइलाई माथिल्लो तहसम्म निरन्तरता दिन नसकनेहरु बिस्तारै यो समस्या हटदै गएको कार्यक्रमका सभाअध्यक्ष संजय कुमार चौधरीले जानकारी दिए ।
सबल नेपालका समाजिक परिचालक सुसिल शास्त्रीका अनुसार, जिल्ला शिक्षा कार्यालय सप्तरीका तथ्यांक अनुसार, माथिल्लो कक्षा सम्म आइ पुग्दा दलित विद्यार्थीको संख्या ज्यादै न्युन छ । सुरुमा बिधालय भर्ना भएपनि उनिहरु घरायसी कामले गर्दा नियमित विधालयमा उपस्थित हुन सक्दैनन् उनले भने – दलित बालबालिकाहरु कक्षामा अनुतिर्ण भएछि विधालय छाढन बाध्य हुन्छन् । आर्थिक अभाव तथा जनचेतना कमिका कारण दलित विधार्थीले बीचैमा पढाई छाडने गरेको उनले बताए । तर अब दातृ निकाय सेभ द चिल्ड्रेन र सबल नेपालले आर्थिक अभावका कारण विधालय छाड्ने विधार्थीका लागि विशेष योजना ल्याएपछि यो समस्या बिस्तारै हटदै गएको जिल्ला शिक्षा कार्यालय सप्तरीका स्रोत व्यतिm भोगेन्द्र कुमार यादवले बताउनुभयो ।
