उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी आरतीदेवी चौधरीले ३ हजार १ सय ५५ मत पाएकी छन् । कृष्णनगरका ३ वटा वडामा माओवादी केन्द्र, १ वटामा राप्रपा, २ मा कांग्रेस, २ मा संघीय समाजवादी फोरमले जित हात पारेको छ ।
भतिजासँग बगात गरेर विजयी
संघीय समाजवादी फोरमका उपमहासचिव तथा सोही क्षेत्रका दुई पटक निर्वाचित सांसद अभिषेक प्रताप शाहको बलियो पकड क्षेत्र रहेको कृष्णनगरमा एकाएक स्वतन्त्र र माओवादीको उदयलाई आश्चर्यका रुपमा लिइएको छ । खासमा यो नतिजा आउनुका पछाडि शाह परिवारमा भएको बगावत हो । अभिषेक शाहले काका अभय प्रताप शाहलाई टिकट दिएपछि अर्का काका रजतले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
युवाहरुमा लोकप्रिय देखिएका रजत शाहलाई टिकट नदिएर अन्याय गरेको भन्दै सो क्षेत्रका मतदाताले उनलाई सहानुभुति स्वरुप मतदान गरेको देखिएको छ । आधिकारिक उम्मेदवार काकाको हार हुने देखेपछि अभिशेषले शाह परिवारका बिखण्डन आएको फेसबुकबाटै स्वीकार गरेका थिए ।
