शिक्षामा हरुवा चरुवाको सम्मान पहुच हुनु पर्ने माँग

प्रकाशित समय 10:18:00 AM
रोहित कुमार मण्डल
लहान, १५ श्रावण । कृषि
बधुवा मजदुर हरुवा चरुवा तथा कोदर्वा न्यूनिकरणका लागी सरोकारवाला निकायहरुसंग एक दिने जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लहानमा आइतबार सम्मपन भएको छ ।
सामुदायिक विकास मञ्च लहान सिरहाको आयोजना तथा दि फ्रिडम फन्ड जेनेभा ग्लोबलको सहयोगमा भएको सो अन्तरक्रिया कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका योजना प्रमुख उपेन्द्र यादवले शिक्षामा हरुवा चरुवाको पहुचको साथै जनचेतना अभावका कारण हरुवा चरुवा शिक्षामा पछि परेको उनले बताए । शिक्षाको मुलधारमा यीनिहरुलाई ल्याए हरुवा चरुवाको समस्या स्वतह हटने उनले दावी गरे ।
खेती सम्बन्धी दक्ष ज्ञान,सिप तथा प्रविधि हस्ताणतरण गरेर हरुवा चरुवाको समस्या समाधान गर्न सकिने कृषि कार्यालय सिरहाका प्रतिनिधि प्रकाश साहले धारणा राखे थिए । खेती सम्बन्धी ज्ञान,सिप तथा प्रविधि भए यिनीहरु हासी खुशी जिवन विताउन सकिने उनले जोड दिएका थिए । भाग्यको भरोसामा नबसि आफनो ज्ञान सिपको सदुपयोग गर्न जिल्ला शिक्षा कार्यालय सिरहाका स्रोत व्यतिm कासिन्द्र यादवले सुझाव दिएका थिए । सत्य नारायण ठाकुरको सभाअध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा हनुमान नगर प्रधका विमला कामती, लक्ष्मीपुर पतारी ४ का इन्द्र सिंह, धनगढीमाई नगरपालिका ११ का रानी सदाय लगायतका वतmाहरुले आ–आफना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »