बोक्सीको आरोपमा दुव्र्यवहार गर्नेलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना

प्रकाशित समय 7:48:00 PM
लहान, ३० असार । सिरहाको कल्याणपुर नगरपालिकास्थित जब्दीका एक युवकलाई सिरहा जिल्ला अदालतले कथित बोक्सीको आरोपमा दुव्र्यवहार गरेको कसुर ठहर गर्दै पाँच वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला अदालत सिरहाका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको एकल इजलासले कल्याणपुर जब्दीका २२ वर्षीय सरोज यादवलाई कैद र जरिवानाको फैसला सुनाएको हो । स्थानीय ६५ वर्षीया मोहनीदेवी यादवलाई सरोज र उनका बाबु पवन यादव, भाइ १९ वर्षीय लालबाबु यादवसहित चार जनाले २०७३ असार ९ गते कथित बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरेको मुद्दामा अदालतले जरिवानासहित कैद फैसुला सुनाएको जिल्ला सरकारी वकिल कार्यालय सिरहाले जनाएको छ ।
कथित बोक्सीको आरोपमा दुव्र्यवहार गरेको मुद्दा चलाइएका अन्यले भने सफाइ पाएका छन् । आफूमाथि दुव्र्यवहार भएपछि पीडित परिवारले २०७३ साउन १६ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दिएको थियो । जाहेरी दर्ता भए लगत्तै मिर्चैया प्रहरीले आरोपी सरोजलाई साउन १६ गते पक्राउ गरे पनि अन्य आरोपीहरु फरार रहेका थिए । जिल्ला अदालतले आरोपी सरोजलाई साउन ३१ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो भने उच्च अदालत राजविराजले कार्तिक १३ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »