डोम उत्थान समाज सप्तरीको आयोजनामा सोमवारदेखि राजविराजमा शुरु भएको जिल्ला स्तरीय भेलाले घोषणापत्र जारी गर्दै ११ बुँदे माग अघि सारेको हो । घोषणा पत्रमा समाजका अपहेलित डोम जातिलाई माथि प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरीनुपर्ने, विद्यार्थीलाई उच्च शिक्षा पढ्न डेरा नपाउनु समस्यालाई राज्यद्वारा अविलम्ब व्यवस्था गरिनुपर्ने, भुमीहीन सुकुम्बासी, अव्यवस्थित बसोबास रहेको डोम समुदायलाई खेती गर्न जग्गा उपलब्ध हुनुपर्ने माग गरिएको छ ।

भेलाको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत सुरज निरौला, दलित जनकल्याण यूवा क्लब सिरहाका अध्यक्ष उमेश कुमार विसुन्खे लगायतले सदियौदेखि पछाडि पारिएका डोम समुदायको उत्थानमा राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
डोम उत्थान समाजका अध्यक्ष तथा दलित अधिकारकर्मी युक्तिलाल मरिकको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
