गोलबजार, ३० असार । घरमा कोही नभएको मौका छोपेर नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिकाको ग्रामीण क्षेत्रका एक युवकलाई पक्राउ गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा लहान–१२ का २६ वर्षीय गुदर सदायलाई पक्राउ गरको प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । सदाले बालिकालाई दुव्र्यवहार गरेको जाहेरी परिवारले दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको पाण्डेले बताए । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।