तेह्रथुमको आम्दिममा पहिरो, तीनजनाको मृत्यु

प्रकाशित समय 6:14:00 PM
तेह्रथुम, १७ असार । तेह्रथुमको आम्दिममा पहिरोले घर पुरिँदा तीनजनाको ज्यान गएको छ । म्याङलुङ नगरपालिका–५ आम्दिममा शुक्रबार राति दुई बजे पहिरोले घर बगाउँदा तीनजनाएको ज्यान गएको प्रहरीले जनाएको छ । ५० वर्षकी कुमारी सोदेम्बा उहाँका नाति ९ वर्षका प्रेम सोदेम्बा तथा १२ वर्षकी नातिनी प्रति सोदेम्बाको ज्यान गएको हो । घटनामा अन्य तीनजना घाइते भएका छन् ।
३६ वर्षका सोमकुमार सोदेम्बा, उनका भाइ २० वर्षका लोकप्रसाद सोदेम्बा र सोमकुमारकी छोरी १५ वर्षकी प्रिया सोदेम्बा घाइते भएका छन् । घरमाथिको कुलो थुनिएर पहिरो गएको हो । घाईतेलाई उपचारका लागि अस्पताल पु¥याएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »