मतगणना केन्द्रभित्र पानीको बोलत वा जार गणना भैरहेको कोठामा लान दिएमा पानी हालेर मतपत्र भिजाएर धाँधली गर्ने जोखिम हुने भयले गणना कोठाभित्र पानी पुर्ण निषेध गरिएको हो । यसैगरि खैनी माडेर खानेहरुले खैनीको चुना झार्दा गणनामा प्रभाव पार्ने भएकोले खैनी खान पनि निषेध गरिएको हो ।
मगतणना केन्द्रभित्र चुरोट लान र खान पनि शख्त मनाई छ । चुरोट खाने बहानामा मतपत्रमा आगो लगाउने भयले सुरक्षाकर्मीले गेटमै चुरोट र सलाई र लाइटर चेकजाँच गरेर नियन्त्रणमा लिने गरेका छन । बिराटनगरमा शहिद मैदान स्थित आदर्श माबिमा मत गणना भैरहेको छ । यहाँ सात स्थानमा मत गणना भैरहेको छ ।
