मेयर पदमा तीन मत मात्रै ल्याएपछि एक उम्मेदवारले गरे आफ्नै श्राद्ध

प्रकाशित समय 8:17:00 PM
मकवानपुर, २० असार । श्राद्ध सम्झने वित्तिकै वितेका आफन्तलाई स्मरण गर्दै गरिने एउटा पवित्र कार्यको रुपमा बुझिन्छ । कसैले आफ्नै श्राद्ध गर्यो भन्ने सुन्दा विश्वास गर्ने कुरा पनि होइन । तर भयो त्यस्तै ।
गएको मंगलबार हेटौँडा–२ मा पहिलो चरणको स्थानीय चुनावमा मेयर पदमा उम्मेदवारी दिएर पराजित ४७ वर्षका राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका छन् । यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका राकेशकुमार शर्माले आफ्नै श्राद्ध पनि गर्न भ्याए । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।
यसअघि २०७२ को संविधान मरिसकेको भन्दै श्राद्ध गरेका शर्मा यही संविधान अनुसार २०७४ वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा उनले दुई अंकको मत समेत ल्याउन सक्नुभएन ।
संविधान मरेको घोषणा गर्ने आफूले नै निर्वाचनमा उम्मेदवारी दिएकोमा आत्म आलोचन गर्दै आफ्नो श्राद्ध गरेको उनले बताए । उनले आफू जिवितै रहँदा श्राद्ध गर्ने प्रचलन रहेको समेत बताए । आफूलाई हिन्दु राष्ट्र र राजसंस्थाको पक्षपाति बताउँदै शर्मा विभिन्न समयमा यस्तै खाले गतिविधि गरेर  चर्चामा आउन प्रयास गरे । उनले केही समय अघि एक सहकारी र विद्यालय विरुद्ध पनि यस्तै प्रचार गरेको थियो । बर्दिया गुलरिया नगरपालिका–६ का बासिन्दा रहेका उनी गएको दुई वर्षदेखि हेटौँडामा बस्दै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »