
कतकडीमा रहेका बलिरामका शरीरमा जुनसुकै मौसममा पनि एउटा गन्जी बाहेक केही हुँदैन । उनको शरीरमा गन्जी लगाउन समेत भाग कुमारीलाई समस्या हुन्छ । हातमा लगाइएको हतकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिलो भाग च्यातेर काँधमा नखुस्किने गरि गाँठो पार्नुपर्छ ।
क्षणमै रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुंगा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्य आजित भइसकेका छन । बलिरामकै उपचारमा पनि झन्डै १० लाख खर्च भई सकेको भागकुमारी देवीको भनाइ छ । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधि खान नमानेपछि उनको समस्या अझ बल्जिएको छ ।
तीन छोरी र एक छोराका पिता रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुदाँ घरपरिवार र व्यवहार धान्न भाग कुमारीलाई समस्यै समस्या छ । बलिरामले बुवालाई कुट्दा उपचारमा खर्चिका ३ लाख अझै ऋण छ ।
कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् । भागकुमारीले श्रीमान, छोराछोरीलाई पालिरहेका छिन् ।
