
गलत शिक्षकहरुलाई पटक–पटक गुनासो राख्नुका साथै प्रधानाध्यापकलाई जानकारी गराउँदासमेत बेवास्ता गरिएपछि जिशिअलाई नै बोलाउनुपरेको विद्यार्थीहरुले बताए । जिशिअ, प्रधानाध्यापक, ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा विद्यार्थीबीचमा आकस्मिक रुपमा भएको अन्तरक्रियामा विद्यार्थीहरुले शिक्षकको लापर्बाहीबारे जानकारी गराएका थिए । केही शिक्षक कक्षा छाडेर राजनीतिक गतिबिधिमा संलग्न हुन जाने गरेको विद्यार्थीहरुले स्पष्ट गरेका छन् ।
केही शिक्षकहरु सानातिनादेखि ठुला भोजमा जान विद्यालय नै बन्द गर्ने गरेको पनि विद्यार्थीहरुले खुलासा गरेका थिए । छड्के निरीक्षणका रुपमा जिशिअ आएपछि विद्यार्थीहरु एक भएर विद्यालयको बेथितिबारे जानकारी गराएका हुन् । शिक्षकहरुको नामै किटान गरेर विद्यार्थीहरुे शिक्षकको चरित्रबारे स्पष्ट पारेपछि शिक्षकहरु कालोनिलो भएका थिए ।
विद्यार्थीले शिक्षकहरुको गलत गतिविधिबारे जानकारी गराएर बोलाएपछि जिशिअ नेपालले स्रोतब्यक्ति दिन बिनोद दाहाललाई विद्यालय निरीक्षण गर्न पठाएका थिए । तर दाहाल आरपी विद्यालय निरीक्षणमा नगएपछि जिशिअ आफै छड्के निरीक्षणमा गएका थिए ।
बिभिन्न कारण कार्यशैलीमा सबै पक्षबाट केही गल्तीहरु भएको स्विकार गर्दै आगामी दिनमा सुधारको लागि प्रयत्न गर्नुे प्रधानाध्यापक गोपालप्रसाद घिमिरेले प्रतिवद्धता जनाएका छन् । बिद्यालयमा माध्यमिक तहका लागि कुनै पनि शिक्षक दरबन्दी नभएको अभिभावकले जनाएका छन् । ०२० सालमा स्थापना भई २०६५ सालदेखि माध्यमिक तह सञ्चालन हुन थालेको यो विद्यालयमा झण्डै दुई सय विद्यार्थी अध्ययनरत छन् ।
