सिविए द्वारा सिरहामा बृक्षारोपण

प्रकाशित समय 8:06:00 PM

सिरहा, ३० असार । सिरहा अस्पतालमा शुक्रबार एक कार्यक्रम विच निजामिति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन सिरहा शाखाले बृक्षारोपण गरेका छन् । जिल्ला अस्पताल सिरहाले अयोजना गरेको अस्पताल फार्मेसी उद्घाटन समारोहको अवसरमा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सिरहा शाखाले अस्पताल कम्पाउण्डमा विभिन्न जातका दुई सय थान विरुवा बृक्षारोपण गरेका छन् ।
अस्पतालभित्र रहेका खाली कम्पाउण्डमा आधिकारिक ट्रेड युनियनले रुद्रराक्ष, अशोक, धुपी, सल्ला, समि , गोल्डमोहर लगायतका विरुवाहरु बृक्षारोपण गरेका सिरहा शाखाका अध्यक्ष अमरेन्द्र प्रसाद यादबल बताए । यादबका अनुसार अहिलेको अवस्थामा स्वछ, हावा पानी र वताबरण मानिसको लागी अति नै आवश्यक रहेको हुदाँ यी प्रजातीका  विरुवाहरु बृक्षारोपण गरेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »