लिकामा निर्वाचित शिवकुमारी चौधरी नेपालकै सबैभन्दा सबैभन्दा कान्छी उपमेयर बनेकी छिन् । २३ वर्षीया चौधरी लोकप्रिय मत पाएर विजयी भएकी हुन् । उनी ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बनिन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत ल्याइन् ।
शिवराज नगरपालिकाको मेयरमा एमालेकै नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये अधिकारीले ६ हजार १ सय ५५ मत ल्याए । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।
