घरमै धारा पुगेपछि हाडेडाडाका बासिन्दा दङ्ग

प्रकाशित समय 6:03:00 PM
कमलेश कुमार यादव
गोलबजार, ५ साउन । बषौंदेखि खानेपानीको लागि खोलाको भर पर्दै आएका सिरहा गोलबजार नगारपालीका–१ मुक्सार हाडेडाँडा


का बासिन्दा घरसम्मै पानीको दारा पुगेपछि दङ्ग परेका छन् । उदयपुरसँग जोडिएको चुरे फेदिको बासिन्दाले वर्षौदेखि खानेपालीको लागि गागनखोलाको भर पर्दै आएका थिए ।
गोलबजार नगारापालीकाको एक लाख ५० हजार सहयोगमा स्थानीय उपभोक्ता समितिले खानेपानीको लागि चुरेको जरुवामा पानी संकलन ट्याङ्क बनाएर करिव तीन सय मिटर पर गाउँसम्म पु¥याएका हुन् । चुरेको फेदीमा संकलन गरेको पानी पाइप मार्फत गाउँमा बनाएको ठूलो ट्याङ्कमा जम्मा गरी गाउँमा वितरण गरिएको छ ।
हामीले गाउँले मिलेरै पानीको जोहो गर्न सकिरहेका थिएनौं, गएको वर्ष नगरपालीकालाई अनुरोध गरेपछि उपभोक्ता समिति मार्फत एक लाख ५० हजार दिएको उपभोक्ता समितिका अध्यक्ष तिलबहार तामाङ्गले बताए । नगारपालीकाले दिएको रकमले नपुगेपछि गाउँलेले पनि ४५ हजार रकम संकलन गरी  योजना सम्पन्न गरेको उनल जनाए । तामाङ्कले भने, ‘‘नगरपालिकाको ठूलो सहयोग गर्यो, गाउँलेले पनि सहयोग गरे ।’ आफैलाई पानी चाहिने भएकाले सवैले श्रमदान ग¥यो ।  ‘श्रमदान त कति गरियो त्यसको कुनै लेखा जोखानै राखिएन ।’ उनले भने, ‘‘यो योजना तयार नहुदासम्म गाउँले सवैले  सहयोग गरिरह्यो ।’
२०४६ साल देखिनै वसोवास गर्दै आएका उनीहरु २५ वर्ष भन्दा बढी समयदेखि खोलाको पानी पीउँदै आएका थिए । धरै रकम लाग्ने भएकाले आफूहरुले गर्न नसकेको अध्यक्ष तामाङ्कले बताए । उनले योजनामा करिव दुई लाख खर्च भएको जनाए । खर्च गर्न नसक्ने भएपछि खानेपालीको लागि खोलाको भर पर्दै आएका थियो उपभोक्ता समितिका सचिव आनन्द कुमार मगरले वनाए । अहिले घर घरमै पानी पुगेपछि उनीहरु दङ्क गरेका छन् । गोलबजार नगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले नगरपालिकाले सम्पन्न गरेको योजनाहरुमध्ये यो योजनापनि नमुना मध्ययको एक भएको बताए । उनले समुदायले चाहे थोरै रकममा पनि राम्रो काम गर्न सक्ने जनाए ।
उनले यति सानो रकममा दुई दुई वटा पानी ट्याङ्ग बनाएर करिव तीन सय मिटिर पाईप तानेर पानी घरघरै पु¥याएको छ, यो असाध्य राम्रो काम भएको उनले भताए । हाडेडाँडामा मगर र तामाङ्कको एक दर्जन घर परिवारको वस्ति रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »