जनतालाई निराश हुुन दिन्न : मन्त्री साह

प्रकाशित समय 6:05:00 PM
रौतहट, १७ असार । सहरी विकास मन्त्री प्रभु साहले जनताको आशा र विश्वासलाई निराश हुुन नदिने गरी सवैले गर्वगर्ने अवधारणा ल्याउने गरी काम गर्ने बताएको छ । रौतहटको गौरमा शनिबार नेपाल पत्रकार महासङ्घ, रौतहट शाखाले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री साहले देशको सहरी विकासका लागि आफूले जनचाहनाबमोजिम काम गर्ने बताए । सरकारको पहिलो दायित्व भनेको संविधान संशोधनपश्चात कार्यान्वयन गराउनु, निर्वाचनको प्रक्रियालाई अगाडि बढाउनु नै भएको हुँदा देउवा नेतृत्वको सरकारले प्रक्रिया गम्भीरताका साथ अघि बढाइरहेको मन्त्री साहकोे भनाइ थियो । मुलुकलाई द्वन्द्वबाट जोगाउन सबै सहमतिमा आउनै पर्ने जिकिर गर्दै मन्त्री साहले सहमतिमा आउनका लागि सबै दल पार्टीगत स्वार्थलाई त्यागेर देश हितमा लाग्नुपर्ने बताए ।
समृद्ध एवम् विकसित नेपाल बनाउन झिनामसिना कुरालाई सच्याएर नेपाली नेपालीबीच एकता कायम गराउँदै मुलुकलाई विकासको अग्रपङ्क्तिमा उभ्याउन निकै चुनौती रहेपनि सबैको सहयोग भएमा कुनैपनि कार्य असम्भव नरहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »