लहानमा तीन दिनमै एक मेट्रिक टन भुइँकटहर यतिबेला खपत हुने गरेको छ । भारतको सिलगुडीबाट ल्याइने भुइँकटहर लहानका तीसभन्दा
बढी ठेलामा व्यापार हुन्छ भन्ने सिरहा सदरमुकाम सिरहा, मिर्चैया गोलबजार, उदयपुरसम्म थोक व्यापारीहरूले भुइँकटहर पु¥याउन व्यस्त रहेको थोक व्यापारी सुरेन्द्र यादव र रञ्जित साहको भनाइ रहेको छ । एउटा भुइँकटहर तीन किलोको हुन्छ भने प्रति भुइँकटहर खुद्रा बिक्री ८० रुपियाँमा रहने गरेको छ । अन्य वर्ष असारको अन्तिम हप्तादेखि सुरु हुने भुइँकटहरको व्यापार यो वर्ष जेठको अन्तिमा हप्तादेखि नै सुरु भएको व्यापारी बताउँछन । थोक व्यापारी यादव र साहका अनुसार यस वर्ष आँपको व्यापार निकै मन्द रहयो । आँप कम फलेको कारण यसको व्यापारले खासै आम्दानी नहुने देखेर अधिकांश व्यापारी आँपबाट कमाउने नाफा यस वर्ष भुइँकटहरको व्यापारबाट नै पूर्ति गर्ने सुरमा लागेको बताउँछन् ।
नेपालमा भुइँकटहरको पर्याप्त उत्पादन नभएका कारण भारतीय बजारबाट ल्याउनु परेको व्यापारीहरूको भनाइ रहेको छ ।
