राजपाको महोत्तरीमा बृहत पार्टी प्रवेश, रौतहटमा अन्तरक्रिया

प्रकाशित समय 6:10:00 PM
जनकपुर, १७ असार । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले शनिबार महोत्तरीको गौशलामा बृहत्त पार्टी प्रवेश कार्यक्रम गरेको छ भने रौतहटको गौरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
राजपाका अनुसार महोत्तरीको गौशलामा आयोजित कार्यक्रममा करिब एक हजारको संख्यामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम परित्याग गरी राजपामा प्रवेश गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजपाका नेताहरुले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताए । उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउन सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रमा अध्यक्ष मण्डलका शरत् सिंह भण्डारी र महेन्द्र राय यादवसहित दर्जनौं नेताहरु सहभागी भएका थिए ।
यता रौतहटको गौरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आन्दोलनलाई थप सशक्त बनाएर लग्ने विषयमा छलफल भएको छ । कार्यक्रमा सहभागी अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले आगामी आन्दोलनका कार्यक्रमका लागि तयार रहन आग्रह गरेका थिए ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »