तीन हप्तादेखि अन्धयारोमा बस्न बाध्य

प्रकाशित समय 6:32:00 PM
लहान, ९ साउन । सप्तरीको सुरुङ्का नगरपालिका ४ कदमाहाका १ सय ५० घरधुरीका सर्वसधारणहरु विगत तिन हप्तादेखि अन्धयारोमा बस्न बाध्य भएका छन् । कदमाहा बजारस्थित रहेको एक केभीको ट्रान्सर्फमर विगत तिन हप्तादेखि बिग्रिए पनि मर्मतको लागि बिद्युत प्राधिकरण कार्यालय राजविराजले हालसम्म कुनै चासो नदेखाएको स्थानियवासी शैलेन्द्र चौधरीले बताए । मर्मतको लागि बिद्युत प्राधिकरणलाई बारम्बार जानकारी गराउदा समेत कुनै वास्ता नगरेको उनले गुनासो गरे । बिद्युत नहुदा कदमाहामा रहेका घरेलु मिल तथा व्यापार समेत प्रभावित भएको व्यापारी दुखी लाल चौधरीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »