‘गोलाप्रथा’ मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी

प्रकाशित समय 8:22:00 PM
झापा, २०
असार । झापाको कमल गाउँपालिकाको अध्यक्षमा ‘गोलाप्रथा’ बाट नेकपा एमालेकी मेनुका काफ्ले विजयी भएकी छिन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरेकी हुन् । काफ्ले र राईले समान ८ हजार २ सय ७५ मत पाएका थिए । बराबर मत भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यले जानकारी दिए । काफ्लेको विजयीसँगै कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । गाउँपालिकाको उपाध्यक्षमा बेनु शिवाकोटी निर्वाचित भएका थिए । शिवाकोटीले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी दीपा गौतमलाई पराजित गरेका हुन । शिवाकोटीले ९ हजार ४ सय १८ र गौतमले ४ हजार ९ सय ९२ मत पाएका थिए । एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सचिव काफ्ले २०६४ सालको संविधानसभा निर्वाचनमा झापा–२ बाट पराजित भएकी थिइन् । उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सूचीमा थिइन् । एमालेले झापामा दुईजना महिलालाई प्रमुखमा उम्मेदवार बनाएको थियो । त्यसमध्ये हल्दिीबारीमा एमाले उम्मेदवार मञ्जु सिटौला पराजित भएकी थिइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »