हुलाकी राजमार्गका लागि भारतद्वारा २३ करोड सहयोग

प्रकाशित समय 6:50:00 PM
काठमाडौं, ४ साउन । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरे । आयोजनाको ५१८ किमी सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमी भारतको सहयोगमा बन्नेछ भने २१८ किमी सरकारले बनाउने सम्झौता भएको थियो ।
यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए । दुई सय १८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले २५ करोड रुपैयाा सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।
भारतको सहयोगमा निर्माण हुने २१८ किमी सडकको लागत आठ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि नौ वटा ठेक्का भइसकेको छ । तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख मिश्रले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »