पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ र ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर एक सयबाट ९८ रुपैयाँ, डिजेल र मट्टितेल ७६बाट ७४ रुपैयाँ, ग्यास सिलिन्डरको १३ सय ७५बाट घटाएर १३ सय ५० रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । ‘उपभोक्तालाई राहात दिन मूल्य समायोजन गरेका हौं,’ प्रवक्ता पोख्रेलले भने, ‘घटाएको मूल्य आजै राती १२ बजेटबाट कार्यान्वयनमा आउँछ ।’ हवाई इन्धन आन्तरिकतर्फ ८६ रुपैयाँबाट ८२ रुपैयाँ कायम भएको छ । ‘चार मूल्य घटेपछि हवाई भाडाको मूल्य घट्छ,’ प्रवक्ता पोख्रेलले भने ।
