करोडौं खर्च भएपनि समस्या जस्ताको त्यस्तै

प्रकाशित समय 8:12:00 PM
सप्तरी, २० असार । सप्तरी जिल्लामा चालू आर्थिक वर्षमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण, स्पर निर्माण र मर्मतका नाममा ३७ करोड रुपैयाँ खर्च भएको छ । तर, बर्षाको सुरुवातमै बाढीका कारण जिल्लाका एकहजार पाँचसय घर डु
बानमा परेको छ । ३७ करोड रुपैयाँमा बनाइएका र मर्मत गरिएका अधिकांश बाँधहरु भत्केको छ भने कयौं स्थानमा बाँध कटान भएको छ । बाढी नियन्त्रणको लागि वर्षेनी करोडौं खर्च हुने भए पनि हरेक वर्ष बाढी पीडितको संख्या जिल्लामा थपिदो छ ।
जिल्लामा यस वर्ष खाडो नदी नियन्त्रणका लागि १५ करोड रुपैयाँ खर्च भएको खाडो नदी नियन्त्रण आयोजनाका प्रमुख अखलाक सिद्धिकीले बताए । उनका अनुसार खाडो नदीको दुईतर्फ ५० किलोमिटर बाँधमध्ये यसवर्ष २५ किलोमिटर बाँधको निर्माण पूरा भएको छ ।
खाडोले सबभन्दा बढी क्षति गर्ने तिलाठीमा अझै बाँध बनाउन सकिएको छैन । स्थानीयको अवरोधका कारण बाँध वनाउन ढिलाई भएको सिद्धिकीले बताए । तर तिलाठीका अगुवा देवनारायण यादब भनेसरकारी कर्मचारीले आफूखुशी नम्बरी जग्गावाट बाँध बनाउन जबरजस्ती गर्ने गरेकाले समस्या उत्पन्न भएको बताउँछन् । १५ करोड रुपैयाँ खर्च गरेर बनाइएको खाडोको बाँधमा शनिबार बिहानको बाढीले एकदर्जन भन्दा बढी स्थानमा कटान गरेको छ । मलेठ, डुमरी शिवथान र पौवाटोलनजिक खाडोको बाढीले बाँध नै भत्काएको छ । यस्तै, लौनिया, विषहरिया, दिभवा, तोपालगायत विभिन्न स्थानमा गरी ६ सय १० मिटर तटबन्ध शनिबारको बाढीले कटान गरेको आयोजना प्रमुख सिद्धिकीले जनाए ।
बाढीले तटबन्ध सुरक्षार्थ नदीमा लगाइएको ७ सय २० वटा प्रोकोपाइन समेत बगाएको उनले जानकारी दिए । खाडो खोलाको तटबन्ध निर्माणका लापरबाही गरिएको पीडित क्षेत्रका स्थानीयको गुनासो छ । ‘न भिरालो बनाइएको छ न त बाँधमाथि घाँस नै लगाइएको छ’, बभनगामाकटीका पूर्व वडाध्यक्ष सत्यनारायण यादबले भने, ‘बाँध छेउबाट नै खाडोको बालुवा झिकेर बनाइएको बालुवाको बाँध बाढीका अगाडी कति समय टिक्ला ?’
यस्तै लोनियामा पनि ३ स्थानमा बाँध कटान भएको छ भने तिलाठीमा पुरानो बाँध भत्काउँदै बाढी बस्तीमा पसेको थियो । खाडो खोलाको पूर्वी र पश्चिमी तटबन्धअन्तर्गत यस वर्ष निर्माण भएको बाँध बालुवाको मात्र भएकाले सामान्य बाढी आउँदा पनि बगाउने गरेको स्थानीयको गुनासो छ । खाडो खोलामा मात्र होइन् सप्तरीमा अन्य खोलाको नियन्त्रणका नाममा पनि करौडौ रुपैयाँ खर्च भएको छ । यसवर्ष खाडो बाहेकका नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानबाट सप्तरीमा २२ करोड रुपैयाँ खर्च भएको सो कार्यालयका प्रमुख रामप्रवेश मण्डलले जानकारी दिए । नदी नियन्त्रणका लागि गरिएका प्रयास जनतालाई बाढीको डुबानबाट बचाउन पर्याप्त भएका छैनन् ।
कार्यालय प्रमुख मण्डलका अनुसार शनिबारको बाढीले मुहली खोलाले मुहलीमा १५ सय मिटर बाँध भत्काएको छ । महुली खोलाले पोर्ताहामा ३ सय मिटर, मयनाकरेडीमा ६ सय मिटर, लोहजाराका ४ स्थानमा ३ सय मिटर बाँध भत्काएको छ । यस्तै बान्द्रा खोलाको बाढीले कञ्चनरुप नगरपालिकाको रघुनाथपुरका ५० मिटर, सुन्दरी खोलाको बाढीले कञ्चनरुप ७ मा ३ सय मिटर कटान गरेको मण्डलले जनाए ।
खाडो खोलाको पश्चिमी तटबनध अन्तरगत सप्तरीको लौनियाका लागेको कटान । उक्त स्थानको कटान नियन्त्रण गर्न नसकिए लौनिया बसतीमै बाढी पस्ने खतरा छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »