प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

प्रकाशित समय 7:11:00 PM

जस्तापाता किन्न र टहरा बनाउन २५ हजार रुपैयाँ दिइने

राजविराज, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवा आज सप्तरी आएका छन् । गत शनिबार महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा सप्तरी आएका हुन् । बिहान करिव सा

ढे ११ बजे राजधानीबाट हेलिकोप्टरमा देउवा सहित गृहमन्त्री जनार्दन शर्मा, विभिन्न संसदीय समितिका सभापतिहरु र सप्तरीका आधादर्जन सांसद बाढी प्रभावित ठाउँ पुगका थिए । प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना,सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए । निरीक्षणपछि प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरे । यसैगरी प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई तटबन्ध निर्माण गरेकोमा धन्यवाद दिए । प्रधानमन्त्री देउावले बाढीपीडितलाई व्यापार÷व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताए । उनले भने, ’केही दिनमा डुबान प्रभावित क्षेत्रमा निस्शुल्क औषधिसहित स्वास्थ्य टोली खटाइने छ भने पिउने पानीको समस्या आजको दिनदेखि नै समाधान हुन्छ ।’प्रधानमन्त्री देउावले बाढीपीडितलाई सम्बोधन गर्ने क्रममा राजविराज–कुनौली सडकखण्ड तुरुन्तै सञ्चालनमा ल्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लाहनमा नदी नियन्त्रणको नाममा भ्रष्टाचार भएको भन्ने आएको गुनासोको पनि छानविन समिति बनाएर चाँडै सम्बोधन गर्ने बताए ।बाढी पीडितले तत्कालको राहत भन्दा पनि दीर्घकालीन समाधनको लागि सरकारले पहल गर्न आग्रह गरेका थिए । पीडितहरुले आफूहरुले १० महिना कमाउने र वर्खाको २ महिनामा बाढीले बगाउने गरेको गुनासो गरेका थिए । उनीहरुले भने, ’हामीलाई केही दिनको राहत भन्दा पनि सधैभरी बाढी नआउनेगरी तटबन्ध निर्माण गरिदिए हुन्थ्यो । स्थायी तटबन्ध निर्माण गरिदिए हुन्थ्यो ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »