मादक पदार्थ र नशालु पदार्थ सेवन गरेर डान्सबारमा नाच्दै होहल्ला गरेपछि स्थानीय नागरिक समुहले प्रहरीमा उजुरी गरेसँगै प्रहरी त्यहाँ पुगेको थियो । जोशीका अनुसार पक्राउ पर्नेमा ४० महिला र १५८ पुरुष रहेका छन् । ती सबै आठ कक्षामा पढ्ने देखि १२ कक्षमा पढ्ने उमेर समूहका रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी जोशीले यसरी युवाहरु दिउँसै मादक पदार्थ सेवन र नशालु पदार्थसमेत सेवन गरेर डान्सबारमा भेटिनुले समाज कतातर्फ जाँदैछ भन्ने संकेत गरेको बताए । उनले यसलाई नियन्त्रण गर्न अभिभावक सचेत बन्नुपर्नेमा जोड दिए । यसैबीच पक्राउ परेका सबैलाई महानगरीय प्रहरी बृत्त बालाजुमा राखिएको छ भने आफन्तलाई बोलाएर सम्झाई बुझाई गरेर पठाइने छ ।
