सिरहामा आठ प्रतिशत मात्र रोपाइ“

प्रकाशित समय 6:56:00 PM
गोलबजार, २७ असार । कतै पानी पर्ने र कतै पटक्कै नपर्ने खण्डवृष्टिका कारण सिरहा जिल्लामा अहिलेसम्म १५ प्रतिशतभन्दा बढी जग्गामा धानको रोपाइँ हुन सकेको छैन ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार, सिरहाको कुल धान खेतीयोग्य ६० हजार सात सय ५७ हेक्टर भूमिमध्ये अहिले सम्म करिब चार हजार आठ सय ६० हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।  रोपाइँ भएको भू–भाग बढी मात्रामा पूर्वी सिरहातर्फ परेको छ ।
सिरहाको मध्य तथा पश्चिमी क्षेत्रमा अल्पवृष्टि भएका कारण राम्ररी रोपाइँ हुन सकेको छैन ।  यसपालि रोपाइँको बेलामा पानी प¥यो तर त्यो पनि जिल्लाभरि नपरेकोले मध्य र पश्चिम क्षेत्रमा भर्खरै किसानले बाँझो जोतिरहेका मात्रै छन, सिरहाका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने, ‘बीउ उमार्ने बेलामा पानी नपरेकोले सिरहाका किसानले समयमा बीउ पनि लगाउन पाएका छैनन् ।  सिरहाका ८० प्रतिशत भू–भाग आकाशेपानीमा भर पर्ने भएकोले सिरहाको अधिकांश खेतमा रोपाइँ हुन नसकेको हो ।  सिरहाको पश्चिमी क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य राखेको कमला सिँचाइ पूर्वी नहर प्रणालीले अहिलेसम्म पानी वितरण नगरेको र अन्य खोलाहरूबाट सतही सिँचाइको व्यवस्था नभएकाले किसान सिँचाइ सुविधाबाट वञ्चित छन् ।
कृषकहरूले सिरहामा असार १५ देखि साउन १५ सम्म रोपाइँ गर्ने भएपनि विगतका वर्षहरूमा अहिलेसम्म ४० प्रतिशत रोपाइँ भइसकेको तथ्यांक छ, वरिष्ठ कृषि विकास अधिकृत यादवले भने, कुनै कुनै बेला परेको पानीले खेत मात्र भिजाउँछ तर रोपाइँको लागि आवश्यक पर्ने पानी जिल्लाभरि अहिले परेको छैन । सिरहाका किसानहरूले बासमती, जसवाका साथै सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा–११ तथा सावित्रीलगायतका स्थानीय जातका धान खेती गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »