ट्राफिक व्यवस्थापन नहुदा लहान कुरुप बन्दै

प्रकाशित समय 6:50:00 PM
रोहित कुमार मण्डल
लहान, ३१ असार । बढ्दो शह
रीक्षेत्र संगै बृद्धि भएको सवारी साधनको उचित व्यवसथापन हुन नसक्दा सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित तथा सप्तरीको सुरङ्का नगरपालिका कदमाहा, कुशहा तथा लहानको यातायात अस्तव्यस्त बनेको छ ।
अस्थायी ट्राफिक पोष्ट कदमाहा तथा  जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जथाभावी रोकिराख्ने सवारी साधनको व्यवस्थापन गर्न नसक्दा सदरमुकाम सिरहा तथा लहान तथा कदमाहा कुशहाको सौन्दर्य नै बिग्रेको छ । ट्राफिक प्रहरीले पोष्टमा गर्ने ड्युटी र भिआइपीको सवारीमा सडक खुल्ला गर्ने कामभन्दा बाहेकका अतिरितm कार्यक्रम गर्न नसक्दा शहरी क्षेत्रको राजर्मागमा हुने भिडभाडले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको छ ।
सडक किनारमै राखिएका ठेलागाडा, मानिसहरुको जथाभावी आवतजावत, छाडा छोरिएका चौपाया, व्यापारीहरुले थुपारेको सरसमान र जथाभावी गरिएको पार्किङ गर्दा लहान तथा सुरङ्का नगरपालिका  क्षेत्रको सौन्दर्य बिगारेका छन् । अनियन्त्रित र अव्यवस्थित शहरी क्षेत्रले गर्दा दुर्घटना समेत निम्त्याउने गरेको छ । ट्राफिक व्यवस्थापनको निम्ति सिरहाको गोलबजार, सदरमुकाम सिरहा, मिर्चैया, जिरोमाइल, कदमाहामा ट्राफिक प्रहरी परिचाल गरिएको जनाए पनि ट्राफिक प्रहरीहरु पोष्टमा मात्रै सीमित रहने गरेका छन् ।
पोष्टमा बसेर जनघनत्व र सवारीसाधनको चाप रहेको शहरी क्षेत्रको उचित व्यवस्थापन हुदैन । सवारीसाधनको चाप तथा शहरी क्षेत्रको दुरीलाई मध्यनजर गरि २ देखि ४ जना ट्राफिक प्रहरी परिचालन भए मात्रै शहरी क्षेत्रको यातायात व्यवस्थापन हुने मकालु बुकिङ्क काउन्टर लहानका जुगुत यादव बताउँछन् । पर्यटकिय दृष्टिकोणले अति महत्पुर्ण फुलवारी मेलाको अवलोकण गर्न आउनेहरुले समेत ट्राफिक व्यवस्थापनको अभाव रहेको बताउँने गरेका छन् ।
ट्राफिकको दिनचर्या भनेको सवारीसाधनको चेकजाँच गर्नु तथा बढिभन्दा बढि जरिवना तिराएर राजस्व संकलन गर्नु मात्रै हो त ! स्थानियवासकिो कथन रहेको छ । स्रोतले भने कदमाहा रुटमा चल्ने अधिकांश टेम्पु चालकको सवारी चालक अनुमति पत्र नभए पनि ट्राफिक प्रहरीलाई मासिक नजराना तिरेरे नियम विपरित सवारी चलाई रहे पनि ट्राफिक प्रहरी मौन रहेका छन् ।  नियम विपरीतका सवारीसाधनलाई जरिवाना तिराउने मापदण्ड नहुँदा ट्राफीक कार्यालय प्रमुखको निगाहमा जरिवाना तिराउने गरेका छन् । जरिवाना तिराउन कदमाहा अस्थाई ट्राफिक पोष्ट कदमाहाका ट्राफिक प्रहरी प्रमुख देखि रामनाथ यादव जवान सम्मको हप्की दप्की रहने गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »