नक्कली नोटसहित एक पक्राउ

प्रकाशित समय 5:10:00 PM
राजविराज, ६ साउन । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । निज यादवलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »