सरसफाई कार्यकक्रमलाई पुर्ण निरन्तरता दिनु पर्ने माँग

प्रकाशित समय 6:47:00 PM
रोहित कुमार मण्डल
लहान, १२ साउ । सप्तरीको सुरुङ्का नगरपालिका २ भेडियामा खुल्ला दिशा मुतm तथा खुल्ला दिशा मुतm पश्चातको पूर्ण सरसफाई कार्यक्रमको
ग्रामीण खानेपानी तथा सरसफाई कोष बिकास समिति तथा जिल्ला विकास समन्वय समितिका पदाधीकारीहरुे संयुतm अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा खुल्ला दिशा मुतm तथा खुल्ला दिशा मुतm पश्चातको पूर्ण सरसफाई  कार्यकक्रमलाई पुर्ण निरन्तरता दिनु पर्ने स्थानियवासीहरुले माँग गरेका छन् । उनीहरुले सरसफाईलाई पुर्णता दिए मात्रै जिल्लामा नमुना वडाको रुपमा चिनाउन सफल हुने उनिहरुको धारणा रहेको छ ।
अनुगमनमा ग्रामीण खानेपानी तथा सरसफाई कोष बिकास समितिका पदाधीकारी तथा जिल्ला विकास समन्वय समितिका स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेल, खाने पानी सरसफाई डिभिजन कार्यालयका डिइ लोकेन्द्र प्रसाद यादव, गैरसरकारी महासंघका शम्भुनन्दन चौधरी, सुरुङ्का नगरपालिका प्रमुख दिपक दहाल, श्रीपुरार्ज सामुदायिक बिकास केन्द्र कुशहाका टिम लिडर बिनोदानन्द चौधरी, सोहि संस्थाका लालबहादुर चौधरी,संचारकर्मी, वडा सचिव सहितको सहभागिता रहेका थिए ।
पूर्ण सरसफाई तर्फ व्यतिmगत,घरायसी र वातावरणी सरसफाईमा समेत सन्तोषजनक अनुगमनमा देखियो । सरसफाईका इकाई निर्माण अन्तर्गत भाडा माझने जुठ्यान,फोहर फाल्ने खाडल तथा फोहर राख्ने कन्टेनरहरु पनि स्थानियवासीहरुले राखेको अनुगमनमा सहभागि सरफाई टेक्निसियन जवाहर यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »