जनता माध्यमिक विद्यालयमा नवनिर्मित भवनमा १२ कोठासहित छात्र र छात्राका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ भने कक्षाकोठाका लागि फर्निचर र कम्पाउण्ड वाल निर्माणमा सो रकम खर्च गरिएको छ । सो विद्यालयमा ६ सय जना विद्यार्थीमध्ये ६५ प्रतिशत छात्रा अध्ययनरत छन् भने श्री नारद शिक्षा क्याम्पसमा १ सय ६५ विद्यार्थीहरु अध्ययनरत छन् । उदयपुर जिल्लामा भारत सरकारकोे साना विकास सहयोग कार्यक्रम अन्तगर्तत ५ वटा परियोजना ८ करोड १५ लाख रुपैयाको लागतमा सम्पन्न भएका छन् भने ११ वटा एम्वुलेन्स पनि सहयोग स्वरुप प्रदान गरेको छ ।
