सामुदायिक संस्थालाई सहकारी बनाउन महिलाहरु सक्रिय

प्रकाशित समय 7:47:00 PM

गोलबजार,३० असार । सानो तिनो गर्जो पर्दापनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार–७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवि निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजारसँगको साझेदारीमा जागृति महिला उद्धार सामुदायीक संस्था स्थापना गरी बचत  तथा ऋण सुरु गरेपछि यहाँको महिलाहरुमा यस्तो परिवर्तन आएको हो ।
सामुदायीक संस्थाबाट सस्तोमा व्याज लिएर विभिन्न आय–आर्जनको काम गरेपछि अहिले हामीलाई निकै सहज भएको संस्थाका सदस्य अम्वरमाया गुरुले सुनाए । उनले भने, ‘मैले छोरीलाई पढाउन मासिक सयकडा ५ प्रतिशत व्यजमा पैसा लिएर पढाएँ, अहिले त्यो समए फेरिएको छ । आज हामीसँगै पैसा छ, चाहिएकोवेला सस्तो व्याजमा चलाई रहेका छौं ।’
कोषमा रहेको रकम व्यवसायीक बाख्रा, गाई, भैसी, बंगुर पालनमा लगानी भएको संस्थाका अध्यक्ष चिना रानाले बताइन । व्यसायको आम्दानीले  घर चलाउने, छोराछोरी पढाउने काममा विशेष लगानी भएको अध्यक्ष रानाले जानकारी दिए । अध्यक्ष रानाका अनुसार प्रायः सवै एउटै समुदायको र साना किसानहरुभएकाले पशुपालन र खेतिपातीमा नै बढी लगानी गर्ने गरेको छ । हामी सवै एउटै मगर समुदायाको भएकोले पनि काम गर्नु सजिलो भएकोहुन सक्ने अध्यक्ष रानाको अनुमान रहेको छ ।
  आठ वर्ष अघिसम्म हजार रुपैयाँ आवश्यक पर्दापनि हामीलाई साहुकोमा जानुको विकल्प थिएन, आज अवस्था फेरीएको सदस्य ललिमाया रानाले बताइन् । संस्थामा आवद्ध भईसकेपछि आफूहरुलाई निकै सहुलित भएको छ, हामीलाई चाहिएको वेला संस्थासँग माग गर्दा आवश्यक रकम पाउने गरेको रानाले सुनाइन् ।
दुई पटकमा घुम्ति कोषको लागि केन्द्रले पाँच लाख ३६ हजार छ सय ३५ रुपैयाँ संस्थालाई दिएपछि यहाँका महिलाहरुले त्यसैलाई निरन्तर रुपमा संचालन गरी अहिले करिव १० लाख पु¥याएको छ । २०६५ सालमा स्थापना भएको संस्थालाई कोषको सहयोगमा २०६५ बैशाख १८ गते तीन लाख २१ हजार नौं सय ८१ रुपैयाँ र साउन २० गते दोश्रो पटक दुई लाख १४ हजार छ सय ५४ रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष जगमाया शुसलिङले बताए ।
उनका अनुसार संस्थाबाट आएको त्यही रकम समूहमा परिचालन गर्दा व्याज तीन लाख ४० हजार दुई सय ३३ रुपैयाँ  उठेको छ भने एक लाख २० हजार बचत छ । सवै मिलाएर अहिले संस्थाले नौं लाख ९६ हजार  आठ सय ६८ रुपैयाँको कारोवार गरिरहेको छ । जसमध्ये आठ लाख ६६ हजार एक सय ५८ रुपैयाँ समूहमा लगानी रहेको छ ।
संस्थाले कोषबाट संचालित घुम्ति कोषबाट मासिक सयकडा एक रुपैयाँ र बचतबाट मासिक २ रुपैयाँ सयकडा व्याजमा लगानी गर्ने गरेको सचिव एमकुमारी बलम्वाकीले जानकारी दिइन । उनका अनुसार बचतको रकम सदस्यले माग गरेको वेलामा उपलब्ध सदस्यहरु बसी निर्णय गरेर दिने गरेको बताइन् । घुम्तिकोषको भने नियमित बैठकमै माग गर्नुपर्ने नीयम रहेको सचिव बलम्पाकीको भनाई थियो । उनले एकजना सदस्यलाई बढीमा ४० हजार रुपैया लगानी गरेको पनि बताए ।
कारोवार फराकिलो हुँदै गएकाले आफूहरुले संस्थालाई सहकारीमा बदल्न चाहेको संस्थाकी अध्यक्ष चिना रानाले जानकारी दिइन् । उनले भने, ‘अव संस्थाको कारोवार बढी रहेको छ, हामीले अहिलेकै ढंगले चलाउन समस्या हुने देखेपछि सहकारीमा जाने निर्णय गरीसकेका छौं । त्यसकोलगि प्रोसेसपनि अघि बढेको छ ।’
संस्थाको नियमित बचत संकलनको लागि प्रत्यक महिनाको ५ गते र ऋण तथा व्याज साँवा फिर्ताको लागि २८ गते बैठक बस्ने गरेको छ । ऋण सदस्यबाट खासै भाका ननाघेपछि त्यस्तो भए पहिला पत्रा चार गर्ने र पछि घरदैलोमै पुग्नी असुलिको लागि सवै सदस्यहरुले साझा पहल गर्ने गरेको संस्थाले जानकारी दिएको छ । महिला उद्धार सेवा केन्द्रका गरिवि निवारण कोषका संयोजक दिपेश कुमार सिंहले हामीले हेरीरहेको संस्थाहरुमध्येकै नमुना संस्था जागृति भएको बताए । उनले भने, ‘यो संस्थाले नियमित रुपमा बचत जम्मा गर्ने, ऋणको सावा व्याज बुझाउने गरेको छ । कतिपय संस्थामा व्यक्तिले बढी प्रगतिगरेको भएपनि यो संस्थाभने संस्थागत रुपमै बलियो हुँदै गएको छ ।’  यसलाई सहकारीमा दर्ता गराउन पहल भईरहेको संयोजक सिंहले बताए । महिलाहरु आफैले देउसी भैलो खेलेर कार्यालयको लागि दराज, कुर्सी, टेवल लगाएतका सामाग्री खरिद गरेका छन् । महिलाहरु सामुदायीक संस्थालाई सहकारीमा बदल्ने योजना सहित यी सामाग्रीहरु सामूहिकरुपमा जोड्न थालेको बताइन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »