मधेशको खानेपानी समस्या समाधान हुन्छ : मन्त्री यादव

प्रकाशित समय 7:19:00 PM
महोत्तरी, १४ साउन । तराई–मधेशको खानेपानी समस्या समाधान गर्नका लागि आफू गम्भीर रहेको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बताभएको छ । शनिबार नेपाली काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाए । मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा जाने क्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर–२ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए । उनले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नं मा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »