
सर्वोच्चको निर्णयसँगै रिट निवेदन खारेज हुनुका साथै यसअघिको अन्तरिम आदेश समेत निस्तेज भएको छ । सर्वोच्चको निर्णयपछि निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ वडामा फेरी मतदानको मिति तोक्नेछ । भरतपुरमा ९० वटा मतपत्र च्यातिएको भन्दै वडा नम्बर १९ मा फेरी मतदानको मिति घोषणा गर्न निर्वाचन आयोगले गत जेठमा मुख्य निर्वाचन अधिकृतलाई आदेश दिएको थियो । सर्वोच्चले ‘यथास्थितीमा राख्नु’ भन्ने अन्तरिम आदेश आदेश दिएकाले निर्वाचन आयोगको निर्णय रोकिएको थियो ।

उनीहरुले मतगणनास्थल कब्जा नभएको र मतपत्रसमेत नष्ट नभएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गराउने भनी गरेको निर्णय त्रुटीपूर्ण भएकाले खारेज हुनुपर्ने माग राखेका थिए । रिट निवेदकद्वयले निर्वाचन आयोगको निर्णयका साथै त्यसअघि मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगमा पठाएको प्रतिवेदन, अनुगमन समितीको प्रतिवेदन उत्प्रेषणको आदेशबाट बदर गरी थप निर्णय नगर्न आदेश दिन माग गरेका थिए ।
उनीहरुले स्थानीय तह निर्वाचन ऐनको दफा ५० को कानूनी व्यवस्थाको अपव्याख्या गरी निर्वाचन आयोगले गलत निर्णय गरेको भन्दै अन्तरिम आदेशको समेत माग गरेका थिए ।
