
प्रसूतिदेखि ठूला र साना शल्यक्रिया र इमरजेन्सी सेवासमेत उनीहरूले नै हेर्नुपर्छ । विशेषज्ञ डा. पाण्डेले गर्मी मौसमका कारण भाइरल ज्वरोलगायतका बिरामी बढ्दै गएको बताइन् । उनका अनुसार बिरामीको चाप बढ्दै गएपछि आफूहरूले सामान्य आरामसमेत गर्न नभ्याएको बताइन् । बिरामको चाप बढ्दा धेरै कुर्नु परेको बिरामीको गुनासो छ । दरबन्दी अभावमा चौबीसै घण्टा सञ्चालन हुनुपर्ने फार्मेसी सञ्चालन हुन सकेको छैन । अस्पतालमा खटाइएका चिकित्सकले जिल्लामा बस्न नमान्दा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् ।
अस्पतालमा सर्पदंशका बिरामीसमेत बढ्दै गएका छन् । अस्पतालमा पाठेघर, हर्निया, हाइड्रोसिललगायतका जटिल शल्यक्रिया हुने गरेको छ । दरबन्दीअनुसार नभए पनि थोरै डाक्टरले बिरामीलाई सन्तोषजनक उपचार दिइरहेको डा. पाण्डेले बताइन् । ‘चिकित्सकको कम जनशक्ति भए पनि हामीले सकेसम्म बिरामीको उपचार गरिरहेका छौं,’ डा. पाण्डेले भनिन, ‘दरबन्दीअनुसार पदपूर्ति भए बिरामीको उपचार सेवा सहज हुन्थ्यो ।’
