अपाङ्गहरुलाई परिचयय पत्र बितरण कार्य सम्पन्न

प्रकाशित समय 6:06:00 PM
सिरहा, १७ असार । सिरहाको साविक गाविस नरहा रिगौल हाल भगवानपुर गाउँपालिका–२ का अपाङग व्यक्तिहरुलाई अपाङ्ताको परिचयपत्र वितरण गरेको छ । चालु आर्थिक वर्षको अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत भगवापुर गाउँपालिकामा अवस्थित अपाङ सेवा समिति नरहा रिगौलको अध्यक्ष रघुनाथ रजकको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालय सिरहाको समन्वय तथा गाउँपलिकाको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । आफ्नै गाउँ टोलमा आएर यस्तो  कार्यक्रम गर्दा त्यहाँका अपाङ्गता भएका व्यक्ति खुशी भएका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव, विशिष्ट अतिथिका रुपमा डा.परशुराम यादव, भगवानपुर गाउँपालिकाका कार्यकारी प्रमु मधुकृष्ण पौड्याल, जिल्ला अस्पताल सिरहाका चन्द्रकमला मैनाली, महिला तथा बालबालिका कार्यालयका सावित्री खड्का, रिताा बस्नेत बहिरा संघकै दोभासे विपिन यादव, इलाका प्रहरी कार्यालयकाका श्रीदबिलाल साह लगायतका उपस्थिति रहेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »