करिब एक सयभन्दा बढी स्थानको मतपरिणाम आइसक्दा फोरम–नयाँ शक्तिले जम्मा एउटा गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका छन् भने दुई गाउँपालिकामा अगाडि रहेको छ । केही वडामा पनि फोरम–नयाँ शक्तिले विजय हासिल गरेको छ । फोरमका नेता राजेन्द्र श्रेष्ठले परिणाम संतोष जनक नभएको बताउँदै धेरै कमिकमजोरीहरु भएको बताए । उनले अव फोरम नेपाल आफ्ना माग सम्बोधनका लागि सडक आन्दोलन मै जाने बताए ।
फोरम नेपालका नेता लालबाबु राउतले भने,‘हामी हाम्रो एजेण्डालाई छोडेका छैनौं । हामी आन्दोलन पनि छोडेका छैनौं । अवको आन्दोलनको विषयमा पार्टीमा छलफल भएर निर्णय हुनेछ । तर चाँडै नै हामी आन्दोलनमा जाँदैछौं ।’ तत्कालै सडक आन्दोलनमा गइहाल्लने सम्भावना नरहेको बताउँदै राउतले आफुहरुको माग सम्बोधनका लागि जे पनि गर्ने बताए । उनले आन्दोलनमा पुनः फर्किनुअघि सरोकारबालाहरुसँग छलफल हुने बताए ।
दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मत परिणाम बारे राउतले आफुहरुको मत परिणाम संतोष जनक रहेको बताउँदै आफुहरुको संगठन भएको ठाउँमा आफुहरुले जितेको दावी गरे । उनले मधेशवादी दलहरु मिलेर निर्वाचनमा नजाँदा अधिकांश स्थानमा हार भएको बताउँदै राजपालाई इकिंत गर्दैसंगै मिलेर निर्वाचनमा गएको अवस्थामा राम्रो हुने बताए ।
फोरम नेपालले बाँकेको नैनापुर गाउँपालिकामा विजय हासिल गरेको छ ।
