कांग्रेसबाट १३ जना मन्त्री मध्ये तीन जना मधेशी मुलका मन्त्री भएका छन् भने माओवादी केन्द्रबाट पनि ९ जना मध्ये तीन जना मधेशी अनुहार परेका छन् । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट तीनै जना मधेशी अनुहार परेका छन् भने नेकपा संयुक्तले पाएको एक सिटमा पनि मधेशी अनुहारलाई पठाएको छ ।

माओवादी केन्द्रबाट प्रभु साह सहरी विकास मन्त्री, शिबकुमार मण्डल आपुर्ती मन्त्री, सन्त कुमार चौधरी पशुमन्त्री भएका छन् । साह प्रदेश नम्बर दुईबाट छन् भने चौधरी पाँच नम्बर प्रदेशबाट छन् । मण्डल एक नम्बर प्रदेशबाट छन् । अर्थात माओवादीले मधेशी अनुहारमा पूर्वदेखि पश्चिमसम्मको समीकरण मिलाएको छ ।
नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय कुमार गच्छदार उपप्रधान तथा स्थानीय विकास मन्त्री छन् भने जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन मन्त्री र गोपाल दहित भूमिसुधार मन्त्री भएका छन् । गच्छदार एक नम्बर प्रदेशबाट छन् भने देव दुई नम्बर प्रदेशबाट र दहित पाँच नम्बर प्रदेशबाट छन् ।
नेकपा संयुक्तबाट सप्तरी की मिथिला यादव वातावरण मन्त्री बनेकी छन् । यादव दुई नम्बर प्रदेशबाट छिन् । मधेशको आन्तरिक जातीय समावेशीका आधारमा हेर्ने हो भने तीन जना यादव जातबाट मन्त्री बनेका छन् । त्यस्तै, थारुबाट तीन जना, मुस्लिमबाट एक जना, मधेशी जनजातिबाट एक जना र साहबाट एक जना मन्त्री भएका छन् ।
