निःशुल्क शल्यक्रिया गर्न अमेरिकी चिकित्सक टोली लहान आउँदै

प्रकाशित समय 6:04:00 PM
सन्तोष यादब
सिरहा, २ साउन । सिरहाको लहानमा निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि अमेरिकन चिकित्सकको टोली आउने भएको छ । शिविर संचालन गर्न अलोहा मेडिकल मिशन अमेरिकासँग आवद्ध चिकित्सकहरुको टोली लहान आउन लागेको हो ।
शिविर संचालन समितिका संयोजक विजय गुप्ताले पत्रकार सम्मेलन गरी अगामी कात्र्तिक २० गतेबाट १० दिनसम्म चल्ने शिविर संचालकका लागि कार्डियोलोजी डाक्टर विकाश गुप्ताको नेतृत्वमा ४२ जनाको चिकिसत्क टोली लहान आउन लागेको जानकारी दिए । उनले शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैली, खन्डे ओठ लगायतका विरामीको निशुल्क शल्यक्रिया गर्ने बताए ।
विगत चार बर्षदेखि निरन्तर डा. विकाश गुप्ताले अमेरिकाबाट चिकित्सकहरु ल्याएर नेपालमा शिविर संचालन गरिरहेका छन् । चार बर्षपछि लहानमा फेरी शिविर संचालन हुँदैछ भने धनकुट्टामा तीन पटक शिविर संचालन गरिसकेका छन् । चार शिविरमा गरी नेपालका करिब १५ सय विरामीको शल्यक्रिया गर्दा करिब ५० करोड रकम नेपालीको बचेको शिविर संचालन समितिका सदस्य राकेश गुप्ता रोशनले दावी गरे ।
नेपालका करिब, विपन्न तथा दलित विरामीलाई मात्र शिविरमा शल्यक्रिया गर्ने गरेको शिविर संचालन समितिका संयोजक गुप्ता बताए । उनले प्रत्येक बर्ष जस्तै यो बर्ष पनि करिब ३ सय विपन्न समुदायका विरामीको शल्यक्रिया शिविरमा गरिने बताउँदै नाम दर्ता प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए ।
शिविर लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा संचालन गरिनेछ । विरामीले नाम दर्ता लहान अस्पताल, लहानस्थित आदित्य मेडिकल केयर सेन्टर र सिरहा जिल्ला अस्पतालमा गराउन सकिने संचालन समितिले जनाएको छ । नाम दर्ता निःशुल्क गरिने र कसैले रकम मागे आफूलाई सम्पर्क गर्न संचालन समितिका संयोजक विजय गुप्ताले जनाए ।
शिविर संचालनमा सहयोग गर्ने यहाँका राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी र अस्पताल संचालक समिति तथा त्यहाँ कार्यरत चिकित्सकहरुले प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »