जनकपुर उपमहानगरपालिका कार्यालबाट १५ लाखमा डिभाईडरपार्कको सौन्दर्यकरण र वार लगाउन हरिणारायण यादव नामका व्यक्तिले ठेक्का लिएका छन् । तर पार्क सौन्दर्यकरणमा प्रयोग गरिरहेको ईट्टा २ नम्बर रहेको छ । पानीले भिजाएर जोड्नु पर्ने ईट्टा सुखा नै लापरवाही तरिकाले जोडिरहेका छन् । त्यति मात्र होइन जोडिएको पर्खाललाई मजवुतिको लागि पानीले भिजाउनु पर्ने काम समेत नगरेको स्थानीयहरु बताउछन् । यसरी लापरबाही तरिकाले भईरहेको विकास निर्माणको काम टीकाउ नहुने र केही दिनमै भत्किने सहजै अनुमान लगाउन सकिन्छ ।
अति व्यस्त सडकमा गुणस्तरहीन काम भइरहदा पनि सरोकारवाला र स्थानीयहरु मुकदर्शक बनेका छन् । स्थानीय जितेन्द्र पंडितले आर्थिक मसान्तको अन्तमा ठेकेदार र नगरपालिकाले दुई नम्बरी काम गरेर भ्रष्टाचार गर्न खोजेको आरोप लगाउँदै यस्तो लापरवाही तरिकाले भइरहेको पार्क एक महिना पनि नटिक्ने दावी गरेका छन् ।
यता ठेकेदार हरिणारायण यादवले पार्क निर्माणपछि दिनको चार पटक पानी पटाउने बताएका झन् । निर्माणको बेला किन पानीले ईट्टा नभिजाउनु भएको ?, यस्तो कामको आयु कति दिन ? लगायतको प्रश्न गर्दा ठेकेदार यादव अबाक भए ।
