विदाको दिन पनि मतदाता नामावली संकलन

प्रकाशित समय 6:04:00 PM
राजविराज, ३ साउन । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ । सो कार्यको पहिलो दिन आइतबार १०० जना र सोमबार दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए । यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताए । यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »