मोरङका वन खायो वनमारा झारले, संरक्षकहरु हैरान

प्रकाशित समय 7:24:00 PM
विराटनगर, १४ साउन । एक रातमा एक हातभन्दा बढी बढ्ने ‘वनमारा झार’ (माइनेनिया) मोरङको वैज्ञानिक वन व्यवस्थापनमा चुनौती बनको छ । जंगलभरी फैलिएको वनमारा झार धेरै पटक हटाउँदा पनि बारम्बार आउन थालेपछि वैज्ञानिक वन व्यवस्थापनमा चुनौती बनेको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको लाटिझोडा साझेदारीमा वैज्ञानक वन व्यवस्थापन गरेको तीन वर्ष भएको छ । वैज्ञानिक वन व्यवस्थापन गरेको क्षेत्रभरी ‘वनमारा झार’फैलिएपछि कार्यसमिति र उपभोक्तालाई अहिले टाउको दुखाइको विषय बन्दै गएको छ । जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्धिन अन्सारीको अनुसार वनमारा झार एक प्रकारको घातक वनस्पति हो ।
वनमारा झार एक रातमा एक हात बढ्ने गरेको  र वनका अन्य प्रजातिको विरुवालाई असर गर्ने गरेको उनको भनाइ छ । लाटिझोडा साझेदारी वनमा पहिलो चरण्मा ४९ हेक्टरमा कटान गरी वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ । अहिले वृक्षारोपण गरिएको क्षेत्रभरी वनमारा झारले अन्य विरुवा नै सखाप पार्न लागेको अधिकृत अन्सारीले बताए । जति उखालेर फाले पनि भोलिपल्ट उस्तै हुने गरेको उनको भनाइ छ ।
करिब ८० वर्षको रोटेसन चक्र लिएर सुरु गरिएको वैज्ञान वन व्यवस्थापनमा मुख्य समस्या भनेको वनमारा झार रहेको लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहका संयोजक रुद्रप्रसाद पोखरेलले बताए । उनका अनुसार १० हेक्टरमा टिक बाँकी रहेको क्षेत्रमा साल प्रजातिको विरुवा वृक्षारोपण गरिएको छ । सहायक वन अधिकृत अन्सारीका अनुसार साल र टिक प्रजातिको विरुवा लाइट डिमान्ट प्रजातिको विरुवा हुन् । यी विरुवालाई प्रकाशको आवश्यकता पर्ने भएकाले बनमारा झारले पस्यो भने पुरै उज्यालो छोप्ने र अन्य विरुवा मर्न सक्ने अधिकृत अन्सारीले बताए। वनमारा झार वनस्पतिको उँचाइ ५ देखि ७ फुटसम्म हुने गरेको छ । कुल १ हजार ६ सय ८४ हेक्टर क्षेत्रफलमा ४ वटा क्षेत्रमा विभाजन गरी वैज्ञानिक वन व्यवस्थापन लाटीझोटा सामुदायिक वनमा सुरु भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »