चट्याङ लागेर आमाछोरीको मृत्यु

प्रकाशित समय 6:49:00 PM
मोरङ, ४ साउन । मोरङ लेटाङ नगरपालिका–२ मा बुधबार बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८ः३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
त्यस्तै उदयपुर जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा बुधबार चट्याङ लागेर गम्भीर घाइते भएका उदयपुर, बेलका नगरपालिका–९ सृजना टोल बस्ने २४ बर्षीया मेलिना गिरीको उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »