लागुऔषध कारोबार गर्ने गिरोहका तीन सदस्य पक्राउ

प्रकाशित समय 6:53:00 PM
पर्सा,२६ असार  । भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागुऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकारसम्मेलनको आयोजना गरी लागुऔषध कारोबार गर्ने गिरोहमा संलग्न रहेका एक भारतीयसहित तीन जनालाई सार्वजनिक गरेको हो ।
पत्रकारसम्मेलनमा लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेशकुमार साह, वीरगञ्ज नगरवासी नरबहादुर केसी र उनकी श्रीमती माया केसीलाई सार्वजनिक गरेको हो । अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायले पक्राउ परेका तीनै जना अभियुक्त रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध टिटिजेसिक रात्रि बसबाट काठमाडाँै पु¥याउने धन्दामा संलग्न रहँदैआएको अनुसन्धानबाट खुलेको बताए ।
त्यस्ता लागुऔषध भारतीय नागरिक मुकेशले वीरगञ्ज नाकासम्म पु¥याउने र नाकाबाट मायाले रात्रि बसका चालकहरुको सहयोगमा काठमाडाँैसम्म पु¥याउने गरेको उनले जानकारी दिए । भारतीय नागरिक मुकेश यही असार २२ गते ३४० थान टिटिजेसिकसहित पक्राउ परेपछि उनले दिएको जानकारीका आधारमा पहिले माया केसी र पछि नरबहादुर केसीलाई नियन्त्रणमा लिइएको हो । कारोबारमा संलग्न रहेका अर्का अभियुक्त कृष्ण बहादुर प्याकुरेल सवारी ज्यान मुद्दामा यही चितवनको खैरेनीबाट पक्राउ परी जिप्रका चितवनको हिरासतमा रहेको वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिए । सवारी ज्यान मुद्दा टुंगो लाग्नेबित्तिकै अभियुक्त प्याकुरेललाई पर्सा झिकाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
यसैबीच, असार २२ गते वीरगञ्ज महानगरपालिका–५ मा डेरा गरी बस्ने अंशु यादवको कोठाबाट रु एक लाख ६६ हजारभन्दा बढी मूल्यको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले स्थानीयवासी मुन्ना महतोलाई पक्राउ गरेको छ । यादवको कोठाबाट चोरी गरिएको ल्यापटप, बहुमूल्य साडी, ल्यापटपको एक्सटर्नल हार्ड्डिक्स, पानी तान्ने मोटर, मोबाइलफोन लगायतका सामान महतोको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »