आयात–निर्यात सहज नहु“दा भन्सार असुलीमा कमी

प्रकाशित समय 10:14:00 AM
सिरहा, १५ साउन । आयात निर्यातकर्ता व्यवसायीलाई भन्सारले सहजीकरण गर्न नसक्दा सिरहाको माडरस्थित मूल भन्सार कार्यालयको राजस्व असुली घटेको छ । सिरहा भन्सारमा झन्झटिलो प्रक्रिया रहेको भन्दै व्यवसायीले धनुषा र सप्तरीको नाकाबाट सामान आयात–निर्यात गर्न थालेपछि राजस्वमा कमी आएको हो ।  भन्सारले सहजीकरणमा चासो नदेखाएको र व्यवसायीलाई आकर्षित गर्न नसकेकै कारण मूल भन्सार कार्यालयको असुलीमा कमी आएको छ । भन्सारको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३।७४ मा असुली लक्ष्य २० करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेकोमा १३ करोड ८५ लाख ४ हजार रुपैयाँ मात्र असुली भएको छ । यो असुली दर ६७ प्रतिशत मात्र हो । आर्थिक वर्ष ०७२।७३ मा कार्यालयले छ महिनाको मधेस बन्दको बाबजुद ९ करोड २७ लाख रुपैयाँ राजस्व असुली गरेको थियो ।
लहानदेखि १८ किलोमिटर दक्षिण भारतको लौकहा बजारसँग सीमा जोडिएको ठाडी नाकाको अवस्था पनि उस्तै छ । व्यापारिक नाकाको मान्यता पाएको ठाडीको छोटी नाकालाई भन्सार प्रमुख राजेन्द्र हमालले ५ हजार रुपैयाँभन्दा बढीको बिल नकाट्न निर्देशन दिएकै कारण त्यस नाकाबाट आयात–निर्यातमा व्यापारी आकर्षित हुन सकेनन् । ‘एक महिना अगाडि मात्र प्लास्टिकका बोराले भरिएको एउटा ट्रकले ठाडी भन्सारमा एकै दिन ९ लाख रुपैयाँ राजस्व बुझायो,’ ठाडीका स्थानीय व्यापारी गोपाल गुप्ताले भने, ‘राजस्व बुझाएको भोलिपल्ट नै भन्सार प्रमुख राजेन्द्र हमालले राजस्व असुली बुझ्ने ती कर्मचारीलाई यहाँबाट तानेको भन्ने सुनियो ।’ ठाडी भन्सारलाई कम राजस्व असुली हुने फलफूल र कृषिजन्य समानको मात्र बिल काट्ने अधिकार पाएको नायब सुब्बा खडगनारायण राजवंशीले जानकारी दिए । व्यवसायीले प्रमुख हमालबाट अनावश्यक दुःख दिने र भारतबाट आयात गरिने मालसमानको भन्सार महसुल बढी लिने प्रवृत्तिका कारण सिरहा भन्सारबाट मालसमान ल्याउन झन्झटिलो भएको जनाए । उनीहरूले धनुषा र सप्तरीको नाकाबाट मालसामान आयात गर्नु बाध्उ भएको बताए । ‘हामीले यी समस्या समाधानका लागि पटक–पटक भन्सार प्रमुख हमालसँग छलफल गर्ने प्रयास ग¥यौं,’ जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष सुनील महतोले भने, ‘न त उहाँले फोन नै उठाउनुहुन्छ न त भेट्न नै चाहनुहुन्छ ।’
भन्सार प्रमुख हमालले आफूले सबै काम नियम कानुनअनुसार नै गरिरहेको दाबी गरे । ‘छोटी भन्सारका सबै कर्मचारी पोख्त छैनन,’ उनले भने, ‘त्यसैले कुनै समानको बिल काट्नुपर्दा कि त यहाँ पठाइदिनु कि सोधेर काट्नु भन्ने निर्देशन दिएको हुँ ।’ भन्सार राजस्व असुली लक्ष्य प्राप्ति ठेलेर, घचेटेर, तानेर ल्याउने कुरा नभएको उनले सुनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »