पत्रकार महासंघका अध्यक्ष वडा अध्यक्षमा विजयी

प्रकाशित समय 6:31:00 PM
काठमाडौं, १८ असार । नेपाल पत्रकार महासंघ अछाम शाखाका अध्यक्ष जनकराज भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रेस युनियन अछामका अध्यक्षसमेत रहेका भण्डारी मंगलसेन नगरपालिका वडा नम्बर ६ जनालिवन्डालीको वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उम्मेद्वार चक्रप्रसाद भण्डारीलाई १३ मतले पराजित गरे । जनकले २३७ र चक्रले २२४ मत प्राप्त गरेका छन् । चार वटा सदस्य भने एमालेले जितेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »